images
images
  • नेपालमा लोडसेडिङ गराएरै भएपनि भारतलाई दैनिक २०० मेगावाट विद्युत् बेच्दै प्राधिकरण

    काठमाडौं । खोलानालामा पानीको बहाब बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात गर्न थालेको छ ।

    गएको शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारका अनुसार दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ ।

    रातको समयमा खपत नभएको विद्युत् भारत निर्यात गरेको प्राधिकरणको भनाइ छ ।

    नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ । इन्डियन एक्सचेन्ज मार्केटबाट बिहान र दिउँसोको समयमा खरिद गरिरहेको छ ।

    यता नेपालमा भने प्राधिकरणको नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै लोडसेडिङ सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images