जनकपुरधाम – सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइन र नगदसहित पक्राउ परेका दाजुबहिनी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका- २२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी छन् ।
उनीहरुबाट ५५ लाख २२ हजार ९८३ रुपैयाँ नगद र खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिकसहित २०८.९० ग्राम तथा प्लास्टिकबाहेक २०१ ग्राम बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























