images
images
  • बङगलादेशको एक भवनमा विस्फोट, ७ जनाको मृत्यु, ५० घाइते

    काठमाडौं । बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् ।व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    बङ्गलादेशको राजधानी ढाकामा भएको यस घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।विस्फोटनको ठोस कारण अहिलेसम्म पनि नखुलेको र अनुसन्धान भइरहेको ढाकाका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

    ढाका महानगरीय प्रहरीका आयुक्त शाफिक्वाल इस्लामले घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि गरे ।दुर्घटनामा घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

    सो व्यावसायिक भवनमा भएको विस्फोटनका कारण सँगै रहेका अन्य भवनहरुमा पनि क्षती पुगेको पाइएको छ । दुई ओटा बस भने अधिकांश क्षती भएको छ ।

    घटनाको अनुसन्धान गर्न सरकारी तवरबाट पाँच सदस्यीय छानविन समिति गठन गरिएको अधिकारीहरुले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images