images
images
  • महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ

    काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।

    WhatsApp Image 2025 05 16 at 4.41.29 PM 1

    ‘बाई ह्वाट यू लभ, पे हाउ यू लाइक’ भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी क्रेडिट कार्डमार्फत आफुले खरिद गरेको सेवा वा वस्तुको मुल्यको भुक्तानी ३ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्नेछन् ।

    नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्नेछन् ।

    ग्राहकले आफुले खरिद गरेको बिल पेश गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआई प्रोसेसिङ शुल्क लिनेछैन ।

    बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

    Press Release regarding EMI Facility on Mahalaxmi Credit Card Final page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images