images
images
  • नेपाली विद्यार्थी दक्षिण कोरिया अध्ययनका लागि जान नपाउने, सरकारद्वारा एनओसी रोक

    काठमाडौं । दक्षिण कोरियामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकारले स्थगित गरेको छ ।

    सरकारले विद्यार्थीहरूलाई कोरियामा अध्ययनको क्रममा रोजगार र विश्वविद्यालयको छनोटमा समस्या आउन सक्ने र अवैध काम गर्न प्रेरित हुने आशंकाका कारण वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकारले स्थगित गरेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज (मंगलबार) सूचना जारी गर्दै एनओसी स्थगित गरेको हो । डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र त्यसले दिने प्रतिवेदनको आधारमा थप निर्णय लिइने मन्त्रालयले जनाएको छ ।

    सूचनामा कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरिएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images