images
images
  • चितवनको रेस्टुरेन्टमा खुकुरी हानाहान, तीन जना घाइते, भिडियो भाइरल

    चितवन – चितवनको खैरहनीस्थित एक रेस्टुरेन्टमा दुई समूहबीच पुरानो रिसइबीका कारण भएको झगडामा खुकुरी प्रहार हुँदा तीन युवा घाइते भएका छन् ।

    प्रहरीका अनुसार झगडा मंगलबार बिहान भएको हो । घटनामा संलग्न व्यक्तिहरूले एक समूह रेस्टुरेन्टमा बसिरहेका बेला अर्को समूह पुगेर खुकुरी आक्रमण गरेका थिए ।

    खुकुरी प्रहारबाट खैरहनीका दिपक गोले, गणेश लामा र अमृत आचार्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ।

    चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार घटनामा संलग्नहरू पहिचान भइसकेका छन् र उनीहरूलाई नियन्त्रणमा लिन खोजी कार्य तीव्र पारिएको छ ।

    घटनाको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ, जसले सार्वजनिक चिन्तासमेत बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images