images
images
  • बाढीका कारण अवरुद्ध बीपी राजमार्ग सोह्र घण्टापछि खुल्यो

    काठमाडौं – बीपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार बाढीका कारण अवरुद्ध भएको राजमार्ग आज सञ्चालनमा आएको हो ।

    वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । बाढीले रोशी गाउँपालिका–१२, स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएको थियो ।

    गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायीरूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images