images
images
  • सुनको मूल्यग्राफ ह्वात्तै घट्यो : प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ ।

    त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।

    शुक्रबार प्रतितोला सुन रु एक लाख ८६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images