images
images
  • तीन ठाउँमा भारी वर्षा, पनौतीमा बाढीले बगाउँदा १ महिला बेपत्ता

    सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रे, गुल्मी, स्याङ्जा, लगायतका केही क्षेत्रमा सोमबार भारी वर्षा भएको हो।

    गुल्मीमा सोमबार ५६.४ मिलीमिटर वर्षा भएको छ भने स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

    काभ्रेमा हिजो ६ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको छ। एक्कासी भएको ठूलो वर्षाले काभ्रेमा धनजनकोसमेत क्षति गरेको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिए।

    बाढीले बगाउँदा पनौती नगरपालिका ५ की २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी छिन्। बाढीले पनौती नगरपालिका ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ।

    गएको असोज १२ गते आएको बाढीले क्षतविक्षत पारेका र अस्थायी रुपमा निर्माण गरिएका खानेपानीका पाइप र सडकहरु सोमबार रोशी खोलामा आएको बाढी बगाएको छ।

    बाढी आउनेगरि एक्कासी ठूलो वर्षा भए पनि सोमबार साँझदेखि भने पनौति क्षेत्रमा वर्षा रोकिएको छ।

    त्यसैगरि हिजो बागमती, लुम्बिनी र कर्णाली प्रेदेशका केही पहाडी भूभागमा वर्षा भएको मौसमविद्ले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images