images
images
  • रविले मिटरब्याज पीडितसँग भने– म पनि पीडित छु, धैर्य गर्नस्, न्याय मिल्छ

    काठमाडौं । मिटरब्याज पीडित किसान–मजदुरहरुले रास्वपा सभापति रवि लामिछानेसँग कारागारमा भेटेका छन् ।

    मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेको हो ।

    भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो सुनाएको थियो । रवि लामिछानेले गृहमन्त्रीका रुपमा हुँदा गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरूले बताए ।

    संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जिल्लाहरूमा प्रहरी र सिडिओहरू फेरिएसँगै मिटर व्याज पिडितमाथि नै मुद्दा चलाइएको र पक्राउ गरिएको बताए ।

    ‘सरकार साहुकारहरू जोगाउन लागिराखेको छ । अन्याय भयो भनेर कहाँ जाने ? गृह मन्त्रालयको ढोका बन्द जस्तै छ अहिले पिडितका लागि,’ उनले भने

    जवाफमा रविले नआत्तिन र एक भएर अघि बढ्नपर्छ । म पनि पीडित नै छु । पीडितहरूबीच राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एकदिन अवश्य जितिने बताए ।
    रवि भने, ‘धनी र गरिबबीचको लडाइँ लामो चल्छ । जित न्यायको हुन्छ, तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नुपर्छ, सुन्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images