काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले पाँचतारे होटल किनेको चर्चा सामाजिक सञ्जालमा व्याप्त छ ।
जयवीरले शंकर गु्रपद्वारा निर्माण गरेको होटल हिलटन देउवाका छोरा जयवीरले किनेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । उक्त आलोचनाको होटल सञ्चालकले खण्डन गरेका छन् ।
शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहील अग्रवालले सामाजिक सञ्जालमा केही व्यक्तिले आफूहरूको होटलको सन्दर्भमा गलत प्रचार गरेको भन्दै खण्डन गरेका हुन् ।
उनले भने, ‘जयवीरले हाम्रो होटल किनेको भन्ने हल्लामात्रै हो । यो कुरा गलत छ । यसबारे हामीले खण्डन गर्नेछौँ ।’
काठमाडौंस्थित नक्सालमा रहेको पाँचतारे हिलटन होटल आठ अर्ब लगानीमा निर्माण गरिएको हो । यो होटलमा १७४ रुम छन् भने यसको १२६ देशमा ब्रान्ड फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















