images
images
  • उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञा थप्नेबारे छलफल


    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिइने बताए ।

    प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ ।

    व्‍यवसायीले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरे पनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन। स्वास्थ्य मन्त्रालयले पनि अहिल्यै सार्वजनिक यातायात खोल्नु घातक हुने बताएको छ ।

    व्यवसाय पनि बार अनुसार चलाउन दिइएको छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images