images
images
  • शिक्षक आन्दोलन उपलब्धि– सोह्र दुना आठ, विद्यालय कर्मचारीहरू असन्तुष्ट, आन्दोलनको चेतावनी

    काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको वार्ताप्रति विद्यालय कर्मचारी असन्तुष्ट भएका छन् ।

    सरकार र शिक्षकबीच भएको ९ बुँदे सहमतिमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीलेसामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् ।

    उनले विद्यालय कर्मचारीलाई सदैव सरकारले अन्यायपूर्ण व्यवहार गरेर चरम श्रम शोषण गरिरहेको अवस्थामा अहिले शिक्षकहरूबाटसमेत अपमान भएको सामाजिक सञ्जालमा लेखेका छन् ।

    यसअघि २०६७ साल कात्तिक ११ गते भएको सहमति र हिजोको सहमति विद्यालय कर्मचारीका लागि उस्तै भएको उनको भनाइ छ ।

    योगीले आफूहरू तत्काल समीक्षा बैठक गरेर धारणा सार्वजनिक गर्ने बताएका छन् । उनले आफूहरूको माग सम्बोधन गर्न सरकार तत्पर नभए पुनः सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

    विद्यालय कर्मचारी परिषद् केहीबेरमा छलफलका लागि बैठक बस्दैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images