images
images
  • सरकारसँग निर्णायक वार्ता गर्दै शिक्षक, ९ बुँदे सहमतिको प्रस्तावबाट पछि नहट्ने अडान कायम

    काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता हुने भएको छ । आज (बुधबार) दिउँसो २ः०० उक्त वार्ता हुने भएको हो ।

    सोमबारदेखि जारी दुईपक्षीय वार्ता निष्कर्षमा पुगेको छैन । सरकार र महासंघका प्रतिनिधिले वार्ता सकारात्मक उन्मुख भएको बताएका छन् । तर, परिणाम भने हालसम्म शून्य छ ।

    शिक्षक महासंघको आज बिहान बसेको आन्तरिक बैठकले सरकारले बोलाएको वार्तामा जाने बताएको छ ।

    यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ ।

    मन्त्रिपरिषद्बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघका नेताले बताउँदै आएका छन् ।

    महासंघले अघि सारेको ९ बुँदे प्रस्ताव सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने हुन्छ ।

    शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौंस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने रहेको छ ।

    त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने ।

    त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरहप्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने र सो रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्नुपर्ने महासंघको प्रस्ताव छ ।

    त्यस्तै आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्नमाध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड संख्या कायम गर्नुपर्ने लगायतका माग छन् ।

    विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू गत चैत २० गतदेखि आन्दोलन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images