images
images
  • शिक्षामन्त्री पन्त तिमाल्नमात्रै बोलाउँछन् वार्तामा, परिणाम निस्केको छैन : शिक्षक महासंघ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् ।

    शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुंगो लगाउन लागिएको पनि उनले मंगलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

    वार्तामा शिक्षक पनि सकारात्मक रूपमा प्रस्तुत भएको जनइएको छ । मन्त्री पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

    महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रूपमा अघि बढेकामा पुनः वार्ता भएको हो ।

    शिक्षक संघ–संगठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।

    महासंघले सोमबादेखिको लगातार वार्तामा कुनै सहमति जुट्न नसकेको बताएको छ । उसले सरकारले वार्तामा बोलाउने तर आफ्ना मागमा अनुदार बन्ने गरेको बताएको छ । मूलतः मन्त्री पन्त नै शिक्षकका मागप्रति सकारात्मक नभएको महासंघले आरोप लगाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images