काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा २७ दिनदेखि जारी आन्दोलनलाई साथ दिन देशैभरका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरू काठमाडौं आइपुगेका छन् ।
हिजो (सोमबार) शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरी बल प्रयोग गरेपछि देशैभरका शिक्षक काठमाडौं आइपुगेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
हिजोको आन्दोलनलाई असफल पार्न प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठी चार्ज गरेको सुवेदीको आरोप छ । शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेपछि आन्दोलनमा सहभागी हुन देशैभरका शिक्षक काठमाडौं आइपुगेका छन् ।
उनीहरूले माग सम्बोधन नभएसम्म विद्यालय नफर्किने बलियो अडान लिएका छन् । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
हिजोको आन्दोलनमा ६२ जना शिक्षक घाइते भएका छन् भने एक जना पत्रकार पनि घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्





















