काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन उत्कर्षमा पुगेको छ ।
हिजो (आइतबार) प्रहरीले दमन गरेपछि आज (सोमबार) शिक्षक आन्दोलन आक्रामक बनेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
उनका अनुसार शान्तिपूर्ण आन्दोलनमाथि सरकारी दमन सह्य नहुने बताएका छन् ।
उनीहरूले प्रहरी दमन मुर्दावाद, शिक्षकलाई सम्मान गर, शिक्षक कर्मचारी एक हौँ, शैक्षिक दलाल होसियार लगायत नारा लगाएका छन् । आजको आन्दोलनमा शिक्षकहरू सरकारप्रति निकै आक्रामक देखिएको छ ।
हिजोको आन्दोलनमा केही शिक्षक र पत्रकार घाइते भएका थिए ।
शिक्षक आन्दोलनको सुरुवातदेखि नै माइतीघरदेखि नयाँबानेश्वरसम्म चल्ने यातायात आवागमन ठप्प बनेको छ ।
प्रतिक्रिया दिनुहोस्





















