images
images
  • शिक्षामन्त्री नै शिक्षकका मागप्रति अनुदार बनेपछि भाँडियो वार्ता, एउटा बुँदामा पनि जुटेन सहमति

    काठमाडौं । सरकार र शिक्षक महासंघबीचको वार्ता भाँडिएको छ । आज (शनिबार) बिहान भएको वार्तामा सहमति नजुटेपछि वार्ता भाँडिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिहरूबीच आज बिहान वार्ता भएको थियो ।

    तर, वार्तामा शिक्षामन्त्री पन्तले संविधान सम्मत र जायज मागबाहेक अन्य मागप्रति अनुदार बनेपछि वार्ता भाँडिएको सुवेदीले बताए ।

    उनले भने, ‘मन्त्रीज्यूले हाम्रा मागलाई चासोका साथ हेर्नु भएको छैन । हामीसँगको वार्तामा मन्त्रीज्यूले तपाईंहरूका माग संविधान सम्मत र जायज मागबाहेक अरु माग सम्बोधन गर्न सम्भव छैन भनेपछि हामी फर्किका छौँ । हामी यहाँबाट सिधै आन्दोलनमा जान्छौँ । यो आन्दोलन निर्णायक आन्दोलन हो ।’

    शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेयता शिक्षकहरू आन्दोलनमा छन् । उनीहरूले २५ गतेदेखि शैक्षिक हड्ताल नै गरेपछि कक्षा १२ को परीक्षा, एसईईको उत्तरपुस्तिका जाँच र नयाँ भर्ना अभियान प्रभावित बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images