काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेका छन् ।
आज (शुक्रबार) एक विज्ञप्तिमार्फत मन्त्री पन्तले शिक्षकहरूको आन्दोलनको नेतृत्व गरेको शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेका हुन् ।
‘शिक्षकहरूसँग विगतमा झैँ निरन्तर सवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि शिक्षक महासंघलाई सरकारको तर्फबाट आह्वान गर्दछु,’ मन्त्री पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया दिनुहोस्






















