images
images
  • युरोकप : डेनमार्क क्वार्टरफाइनल पुग्ने पहिलो टोली

    एजेन्सी । डेनमार्क युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । शनिबार राति भएको पहिलो प्रि–क्वार्टरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४–० गोल अन्तरले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

    नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

    यो जितसँगै डेनमार्क जारी युरोकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।

    अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ । यसअघि डेनमार्क समूह ‘बी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images