images
images
  • अफगानिस्तानमा सेनाको कारबाही, २४ तालिबानको मृत्यु

    काठमाडौं । अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा कम्तीमा २४ जना तालिबान आतंककारी मारिएका छन् ।

    संयुक्त सेनाले गरेको कारबाहीमा ती लडाकू मारिएको बताइएको छ । संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो ।

    अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन् ।

    ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते पनि भएका बताइएको छ । सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममा ती तालिबान लडाकूहरु मारिएका बताइएको छ ।

    त्यसैगरी अफगानिस्तानको सेनाले कुन्दुज नगरमा पनि हवाई तथा स्थलगत रुपमा तालिबानका लडाकूहरुमाथि कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा अरु आठ जनाको ज्यान गएको थियो । एक स्थानीय घरमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो ।

    अफगानिस्तान सरकार र तालिबानबीचमा शान्ति वार्ता हुने भनिए पनि अहलेसम्म हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images