काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षा गराउने निर्णय गरेको छ ।
आज (मंगलबार) बिहान बसेको बैठकले उक्त निर्णय गरेको बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले विश्व खबरलाई जानकारी दिए ।
बैठकले ७७ जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको उनले बताए ।
शिक्षकहरूको आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले परीक्षा हुने वा नहुनेमा विद्यालयहरू अझैँ विश्वस्त छैनन् ।
बोर्डको निर्णयले विद्यालय थप अन्योलमा परेका छन् ।
शिक्षक महासंघले कक्षा १२ को परीक्षाबारे संघलाई कुनै आधिकारीक जानकारी नदिएको बताएको छ ।
कक्षा १२ को परीक्षा यहीँ बैशाख ११ हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्























