images
images
  • राष्ट्र बैंकको गर्भनरमा डा.गुणाकर भट्ट नियुक्ति गर्ने देउवा-ओलीविच सहमति !

    काठमाडौं-नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) बीच डा. गुणाकर भट्टलाई नियुक्त गर्ने सहमति जुटेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलपछि भट्टको नाममा सहमति बनेको स्रोतहरूले जनाएका छन्। अब मन्त्रिपरिषद्को औपचारिक निर्णय मात्र बाँकी रहेको बताइएको छ।गठबन्धन सरकारले गभर्नर नियुक्तिमा देखाएको एकमतले हाललाई सत्ता समीकरण यथावत् रहने संकेत दिएको छ।

    चैत २४ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि एमालेले डा. नीलम ढुंगाना तिम्सिनालाई अघि सार्ने तयारी गरिरहेको थियो। तर कांग्रेसले उक्त पद “आफ्नो स्वाभाविक दाबी” भन्दै प्रतिवाद गर्‍यो। देउवाले कांग्रेसले अघि सारेका चार–पाँच जनामध्येबाट डा. गुणाकर भट्टको नाममा अडान लिएपछि अन्ततः ओली सहमत भएका हुन्।

    छलफलका क्रममा प्रधानमन्त्री ओलीले ‘नीलम तिम्सिना राष्ट्र बैंककै वरिष्ठ डेपुटी गभर्नर हुन्, महिला भएकाले पनि नियुक्तिमा विवाद नआउला” भन्ने तर्क गरे। तर देउवाले “नीलमजी राम्री मान्छे हुनुहुन्छ, तर यस्तो जटिल आर्थिक अवस्थामा त्यो पर्याप्त होइन’ भन्दै भट्टको पक्षमा जोड दिएका थिए।

    गभर्नर नियुक्ति सत्तारूढ गठबन्धनबीचको शक्ति सन्तुलनको परिक्षण पनि बनेको थियो। कांग्रेसभित्रै पनि गभर्नर पद नछाड्ने विषयमा दबाब तीव्र बनिरहेको थियो। नेताहरूले सरकारमा सहभागिताको पुनर्मूल्यांकन गर्ने चेतावनीसम्म दिएका थिए।

    ओलीको लचकता पछाडि माओवादी केन्द्रको असन्तुष्टि, भारतसँगको चिसिएको सम्बन्ध र पूर्वराजा ज्ञानेन्द्रको सक्रियताजस्ता राजनीतिक जटिलताहरू पनि जोडिएका छन्। विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री ओली एक नियुक्तिका कारण सत्ता समीकरण जोखिममा पार्न इच्छुक थिएनन्।

    सरकारले गठन गरेको तीन सदस्यीय गभर्नर सिफारिस समितिको संयोजक अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल छन्। सदस्यमा कांग्रेस निकट पूर्वगभर्नर विजयनाथ भट्टराई र देउवा विश्वास पात्र डा. विश्व पौडेल रहेका छन्। दलगत सन्तुलन मिलाउन बनाइएको समितिले पनि कांग्रेसको नाम अघि बढ्ने संकेत गरेको थियो। कांग्रेसले प्रस्ताव गरेका उम्मेदवारहरूमा पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री, राष्ट्र बैंक सञ्चालक रविन्द्र पाण्डे, नविल बैंकका पूर्वसीईओ ज्ञानेन्द्र ढुंगाना, र कार्यकारी निर्देशक डा. गुणाकर भट्ट प्रमुख थिए।

    देउवाले सरकारमा रहेका कमजोरीहरू औँल्याउँदै भने, “ओलीजी, यसरी अगाडि बढ्न सकिन्नँ। सरकारको विकल्प खोजिएको होइन, तर गल्ती र कमजोरी सच्याएर मात्र अगाडि बढ्न सकिन्छ।”

    देउवाको त्याे चेतावनी : “ओलीजी, यसरी अगाडि बढ्न सकिन्नँ…”
    Oli Deuwa e1744804284207ओली र देउवाबीच मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान १० बजेदेखि ११ बजेसम्म भएको  गोप्य भेटमा प्रधानमन्त्री ओलीले सरकारमाथि कांग्रेस नेताहरूबाट भइरहेको चर्को आलोचनाप्रति गुनासो पोखेका थिए।

    ओलीले देउवालाई भने, “कांग्रेस–एमाले मिलेर सरकार बनाएको हो। तर कांग्रेस नेताहरू उल्टै सरकारको आलोचना गरिरहेका छन्। यसले सरकारलाई कमजोर बनाएको छ।”

    जवाफमा देउवाले सरकारमा रहेका कमजोरीहरू औँल्याउँदै भने, “ओलीजी, यसरी अगाडि बढ्न सकिन्नँ। सरकारको विकल्प खोजिएको होइन, तर गल्ती र कमजोरी सच्याएर मात्र अगाडि बढ्न सकिन्छ।”

    बालुवाटार स्रोतका अनुसार, दुई शीर्ष नेताबीच करिब आधा घण्टा मतभेद स्पष्ट पार्ने र मन मिलाउने प्रयास भएको थियो। त्यसपछि भने सरकारलाई ठोस रूपमा अघि बढाउने सहमति भएको स्रोतको दाबी छ।

    पछिल्लो समय कांग्रेसभित्रैबाट सरकारको आलोचना हुँदै आएको छ। कांग्रेस महामन्त्री गगन थापाले त प्रधानमन्त्रीको ‘बेडरुममै बिचौलियाको पहुँच’ रहेको आरोप लगाएका छन्। उनले देशको अर्थतन्त्र धराशायी हुनुको मुख्य कारण यही भएको बताएका छन्। यस्तै, नेता शेखर कोइराला र एनपी साउदले पनि दुई ठूला दल मिलेर बनेको सरकारले जनअपेक्षा अनुसार डेलिभरी दिन नसकेको भन्दै आलोचना गरेका छन्।

    यता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने नयाँ वर्षमै नयाँ सरकार बन्ने संकेत दिएका छन्। उनका अभिव्यक्तिसँगै सत्तारूढ गठबन्धनभित्र सत्ता समीकरण पुनः गडबडिन सक्ने अनुमान गरिएको छ।

    को हुन् डा. गुणाकर भट्ट ?dr gunakar bhata

    डा. गुणाकर भट्ट राष्ट्र बैंकका वरिष्ठ कार्यकारी निर्देशक हुन्। उनी आर्थिक अनुसन्धान विभागका पूर्वप्रमुख हुन् र नेपालका मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व अध्ययन तथा समष्टिगत अर्थतन्त्र विश्लेषणमा विगत दुई दशकदेखि सक्रिय छन्। अर्थशास्त्रमा विशेष अध्ययन गरेका भट्ट शिक्षाविद्, नीति अनुसन्धानकर्ता र प्राविधिक विज्ञका रूपमा पनि चिनिन्छन्। उनले दर्जनौँ अनुसन्धान लेख तथा नीति विश्लेषणहरू प्रकाशित गरिसकेका छन्।

    एक वरिष्ठ अर्थशास्त्रीका अनुसार, “डा. भट्ट राजनीतिकभन्दा बढी प्राविधिक क्षमता र संस्थागत निरन्तरतामा विश्वास राख्ने व्यक्ति हुन्। यस्तो नेतृत्व राष्ट्र बैंकको सुदृढीकरणका लागि सकारात्मक बन्न सक्छ।”

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नरको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने भए पनि विगतका अनुभवले देखाउँछ । यो केवल प्राविधिक होइन, राजनीतिक सन्तुलनसँग गाँसिएको निर्णय हो। डा. गुणाकर भट्टको सम्भावित नियुक्तिले तत्कालका लागि सत्तारूढ गठबन्धनभित्रको शक्ति सन्तुलन कायम राखेको छ। अब मन्त्रिपरिषद्ले निर्णय गर्दै राष्ट्र बैंकको नेतृत्व नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images