images
images
  • धनुषामा अंशवण्डाको विवादमा छोराले गरे बुवाको हत्या

    काठमाडौं । धनुषामा अंशवण्डाको विवादमा छोराले बुवाको हत्या गरेका छन् ।

    प्रहरीका अनुसार धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवको छोरा कृष्ण यादवले हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटका अनुसार अंशवण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा कृष्णले ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीले अहिले बुवाको हत्या आरोपमा कृष्णलाई पक्राउ गरेर थप अनुसनधान गरिरहेको बताएको छ । मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको उनले बताइ ।

    यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images