images
images
  • उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

    काठमाडौं : उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ।

    अर्थ मन्त्रालयमा आज विहान आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले बजेट निर्माणको पूर्वसन्ध्यामा प्राप्त प्रतिवेदनले अर्थतन्त्रका समस्या चिन्न र चिर्नका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए।

    विगतमा गठन भएका आयोगका प्रतिवेदन दराज सजाउनका लागि मात्रै प्रयोग भएको टिप्पणी गर्दै मन्त्री पौडेलले यो प्रतिवेदन अध्ययन गरी प्राप्त निश्कर्ष र सुझावलाई क्रमशः कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे।

    आयोगको प्रतिवेदन अर्थमन्त्रालयको वेबसाइटमा राखिएको छ। सरकारले गत असोज २१ गते पूर्वअर्थसचिव खनालको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो।

    हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

    प्रतिक्रिया दिनुहोस्
    images
    images