काठमाडौं । जुडोकी सोनिया भट्टले जापानमा हुने टोकियो ओलम्पिक खेल्ने पक्का भएको छ । नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यका अनुसार सोनियाले ओलम्पिक खेल्ने पक्का भएको हो ।
सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएको अध्यक्ष बज्राचार्यले बताए । सोनिया नेपालमा आयोजना भएको १३औँ सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ किलोमुनि तौल समूहमा कास्य जितेकी थिइन् ।
उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन् २०१९ मा मोरक्कोमा भएको च्याम्पियनसिपमा सोनियाले ४८ किलो मुनिको तौलसमूहमा मोजाम्बिकी खेलाडी मुनिमी जेनीलाई बाजारी आवासोती इप्पोनको आधारमा पराजित गरेर इतिहास रचेकी थिइन् ।
सोनिया टोकियो ओलम्पिकका लागि छनोट हुने पाँचौं नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोचीचन्द्र पार्कीले खेल्ने पक्का भइसकेको छ । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।


विश्व खबर 


















