images
images
  • सातवटै प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।

    पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।

    देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । विशेषगरी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    “सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । विशेषगरी उच्च पहाडमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् गोविन्द झा भन्छन् । उनका अनुसार मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    उनका अनुसार सातवटै प्रदेशका उच्च पहाड र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ ।

    मौसमविद् झाका अनुसार आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा आज दिनभर बदली हुनेछ । बिहानदेखि नै बदली छ । बिहान लागेको हुस्सु र कुहिरो केही समयमा हटे पनि दिउँसो बादल लाग्नेछ,” मौसमविद् झा भन्छन्, “अपराह्नपछि काठमाडौं वर्षा हुनेछ । ठूलो होइन हल्का वर्षामात्रै हुनेछ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images