काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरूको शेयर स्वामित्व ६१.४१ प्रतिशताबाट घटाएर ५१.४२ प्रतिशत कायम गर्ने भएको छ।
यसका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको र गत कात्तिक १४ गतेको साधारणसभाबाट समेत पारित भइसकेको बताएको छ।
कम्पनीले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रक्रिया अघि बढाइसकिएको समेत जनाएको छ। कम्पनीले कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेकाको शेयर मात्रै परिवर्तन हुने र डिम्याट खातामा जम्मा गरिने भएकाले आफू कालोसूचीमा नरहेको प्रमाण पेश पेश गर्न आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















