images
images
  • लिङ्देनको दलहरूलाइ प्रस्ताव: ‘राजादेखि गणतन्त्रवादी अटाउने नवीन समझदारी गरौं’

    काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजादेखि गणतन्त्रवादीसम्म अटाउने नवीन समझदारी गर्नुपर्ने बताएका छन् ।

    काठमाडौंको बल्खुमा मंगलबार भएको खबरदारी सभामा लिङ्देनले यही अवस्थाबाट देश अगाडि बढ्न नसक्ने बताउँदै यस्तो प्रस्ताव गरेका हुन् । ‘देश यही अवस्थाबाट अगाडि बढ्न सक्दैन । तर, यही अवस्थामा पनि रहन सक्दैन । देशलाई नयाँ समझदारी आवश्यक छ ।

    शान्तिपूर्ण ढंगले सबै राजनीतिक शक्तिबीच नवीन समझदारी गरौं । हिजोका र अहिलेका राम्रा विषयलाई अनुशरण गरौं,’ लिङ्देनले भने, ‘राजादेखि गणतन्त्रवादी अटाउने व्यवस्था गरौं । जनता सार्वभौमसत्ताको मालिक हुने गरी राजा देशको अभिभावक हुनेछन् । कार्यकारी प्रधानमन्त्री, प्रदेश नभएको हिन्दू राज्य र बलियो स्थानीय तह बनाएर जाऊँ ।’

    उनले शिक्षा र स्वास्थ्य पूर्ण निस्शुल्क गर्नुपर्ने पनि बताए । ५-१० वर्षमा देश बन्ने विधि स्थापित गरेर जानुपर्ने उनको भनाइ थियो । लिङ्देनले चैत १५ गते काठमाडौंमा सरकारले हिंसा मच्चाएको आरोप समेत लगाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images