images
images
  • नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ : उपमहासचिव ज्ञवाली

    नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उपमहासचिव ज्ञवालीले नेपाल र भारत नजिकका साथी भएको कारण कुनैपनि विषयमा रहेका समस्याहरू संवादमार्फत समाधान गर्न सकिने उल्लेख गरे । विश्वपरिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षिण एशियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्नको लागि आह्वान गरिरहेको उनको भनाइ छ । उनले नेपालको विकास र छिटो रूपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोग बन्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘भारतले जसरी तरक्की गरिरहेको छ त्यो तरक्कीसँग नेपाल पनि कुनै न कुनै हिसाबले जोडिन चाहन्छ । छरछिमेकमा आइरहेका विकासहरूसँग सँगै छोटो समयमा जनतालाई एउटा सुखी जीवन दिने नेपाली राजनीतिक दलहरूको चाहना छ । नेपालको विकासको चाहनामा, विकासमा छिटो रूपान्तरण चाहने नेपालको चाहानामा भारत अझै बढी उदार भएर सहयोगी बनोस् । म यो आग्रह पनि गर्न चाहन्छु ।’

    फरक प्रसंगमा बोल्दै उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्र हुनसक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images