images
images
  • सीजीको नयाँ वर्ष अफरमा ग्राहकलाई के छ?

    सीजीले नयाँ वर्ष अफर ल्याएको छ। कम्पनीले ‘लेभल अप विथ सीजी, लाइफ हुन्छ इजी’ योजना सार्वजनिक गरेको हो।

    यही चैत २२ देखि लाभू भएको योजनाअनुसार ग्राहकले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरुको खरिदमा क्यासब्याकदेखि अन्य पक्का उपहारहरु पाउनेछन्।

    कम्पनीका अनुसार ग्राहकले ६१ हजार ८ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन्। त्यसैगरी पक्का उपहारअन्तर्गत सीजी मेरिडिया गुगल टिभी (६५–१०० इन्च) खरिदमा २.१ स्पिकर, सेमिअटोमेटिक र टपलोड वासिङ मेसिन खरिदमा २ किलो एरियल पाउडर, फ्रन्टलोड वासिङ मेसिनको खरिदमा ६ किलोको एरियल पाउडर पाउनेछन्।

    यसबाहेक साइड बाई साइड र मल्टिडोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर ग्राइन्डर, डिशवासर खरिदमा डिशवासर किट र एयर कन्डिसन खरिदमा निःशुल्क इन्स्टलेसन सेवा पाउने कम्पनीले जनाएको छ।

    सीजी डिजिटलका आउटलेट र देशैभरका च्यानल पार्टनरबाट यो योजनामा सहभागी हुन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images