images
images
  • जडीबुटी उद्योगमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ

    चैत १५ गते कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडियोका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् । उनले जडीबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको प्रहरीको आरोप छ । उनैले जडीबुटी उद्योगमा पनि आगो लगाएको भिडियोमा देखिएको छ ।

    यसअघि अर्का व्यक्तिलाई पनि पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images