काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्नता र अवाञ्छित गतिविधि गरेको आरोपमा अभिनेत्री एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले पत्रकार सुरेश रजकको जलेको घरमा ताला लगाएको जस्तो देखिने भिडियो भाइरल भएको थियो ।
आगजनी पछि उनले ‘बचाउन आउनुहोला’ भन्दै फेसबुक लाइभ गरेकी थिइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीका अनुसार, उनलाई ललितपुरबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्























