अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निलमलाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























