images
images
  • शिक्षकहरूले निकाले सिटी जुलुस 

    शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् ।

    चार दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आइतबार माइतीघरमा सिटी जुलुस निकालेका हुन् ।

    उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराए ।

    नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौँ उपस्थित भएका शिक्षकहरूले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरू पूरा नगरे शैक्षिक हडताल गर्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images