images
images
  • दुर्गा प्रसाईं खोज्न प्रहरी टोली भारतमा

    दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीको विशेष टोली भारत पुगेको छ । चैत १५ गते तीनकुनेमा प्रदर्शनपछि भागेका प्रसाईंको प्रयोग गरेको गाडी इटहरीमा फेला परेको थियो ।

    प्रहरी स्रोतका अनुसार, प्रसाईं भारतको उत्तर प्रदेश पुगेको सूचना पाइएको थियो र त्यहाँबाट उनी भागेका आशंका गरिएको छ । भारतीय प्रहरीसँग समन्वय गरेर टोली त्यहाँ अनुसन्धान गर्दैछ ।

    प्रहरीले इटहरीबाट स्कार्पियो गाडी बरामद गरेको छ भने गाडी चालक ईश्वर विक र गाडीका मालिक मुक्कुद दाहाललाई पक्राउ गरेको छ । दाहाल प्रसाईंको सहयोगी रहेको खुलेको छ ।

    तीनकुनेको प्रदर्शनमा अराजकता मच्चिएपछि प्रहरीले गोली चलाएर कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो । २० जना घाइते भएका थिए । यस घटनामा संलग्न ६७ जनालाई मुद्दा चलाएर अनुसन्धान भइरहेको छ र १६१ जनालाई पक्राउ गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images