images
images
  • स्पेनिस ला लिगाः रियलको उपाधि दौडमा धक्का, बार्सिलोनालाई फाइदा

    भ्यालेन्सियासँगको हारले रियल मड्रिडको स्पेनिस ला लिगाको उपाधि दौडमा धक्का पुगेको छ। रियलको हारले भने बार्सिलोनालाई फाइदा पुगेको छ।

    शनिबार राति भएको खेलमा भ्यालेन्सियासँग २–१ ले पराजित भएपछि रियलको उपाधि दौडमा धक्का पुगेको हो। इन्ज्युरी समयको पाचौँ मिनेटमा ह्युगो डुरोले निर्णायक गोलपछि रियल भ्यालेन्सियासँग स्तब्ध भएको हो।

    पहिलो हाफको १५ औँ मिनेटमा माउक्तार डियाखाबीको गोलमा भ्यालेन्सियाले सुरुवाती अग्रता बनाएको थियो।

    तर ५० औँ मिनेटमा भिनिसियस जुनियरको गोलमा रियल खेलमा फर्किएको थियो। खेलमा रियलले अग्रताको मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन।

    तर इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा भ्यालेन्सियासँग हार भोग्न बाध्य भयो। रियलमाथिको जित भ्यालेन्सियाका लागि निकै नै महत्वपुर्ण रह्यो। सन् २००८ पछि भ्यालेन्सियाले सान्टियागो बर्नाबेउ रंगशालामा जित हात पारेको हो।

    भ्यालेन्सियासँगको हारसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी ४ भएको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाले ३० खेलबाट ६७ अंक बनाएको छ। दोस्रो स्थानको रियलको समान खेलबाट ६३ अंक छ।

    गएराति नै भएको अर्को खेलमा बार्सिलोना र रियल बेटिसले १–१ को बराबरी गर्दै अंक बाँडे। सेल्टा भिगोले मार्लोकालाई २–१ ले हराउँदा डिपोर्टिभ अलाभेसले जिरोनामाथि १–० को जित हात पारेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images