विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
बुधबारदेखि अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन सुरु गरेको महासंघले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्























