काठमाडौं : नेपाल सुपर लिगमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालमा गएराति भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
जीतपछि दुई खेलबाट ४ अङ्क जोडेर ललितपुर अङ्कतालिकामा शीर्ष स्थानमा उक्लेको छ। पोखराको यो लगातार दोस्रो हार हो।
दुई खेलबाट पोखरा अङ्कविहीन छ। ललितपुरका लागि विदेशी खेलाडी जोनाथान कान्टिलानाले दुई तथा इमोह इजेकेलेल एक गोल गरे।
पोखराका लागि समिर तामाङ र विदेशी खेलाडी जोए आइडुले एक–एक गोल गरे। विवादका कारण केहीबेर तनावपूर्ण अवस्था भएपछि हिजोको खेल केहीबेर रोकिएको थियो।
प्रतियोगितामा आज झापा एफसी र काठमाडौं रेजर्सबीचको खेल राति ६ बजे सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















