images
images
  • प्रहरीले भन्यो– उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलायौँ 

    नेपाल प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलाउनुपरेको बताएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएको हो ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, प्रहरीले चैत १५ गते  दिउँसो २ः५४ बजे गोली चलाएको थियो । उनले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाइएको जिकिर गरे ।

    राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजकको आगोमा जलेर र कीर्तिपुरका सविन महर्जनको गोली लागेर ज्यान गएको थियो ।

    अनावश्यक बल प्रयोग गरेको भन्दै कतिपयले प्रहरीको आलोचना गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images