images
images
  • सुरेश रजकको पोस्टमार्टम : जलेर मृत्यु भएको पुष्टि, गोली भेटिएन 

    गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा आगोमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सम्पन्न भएको छ ।

    त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक चिकित्सकका अनुसार, रजकको मृत्यु जलेर भएको पुष्टि भएको हो । शरीरमा गोली लागेको कुनै प्रमाण भेटिएको छैन ।

    चिकित्सकका अनुसार, रजकको श्वासप्रश्वास नलीमा धुवाँको मुस्लो गएको र उनी जीवित अवस्थामा आगो लागेको पुष्टि भएको छ।

    रजकको एक्स–रे रिपोर्टपछि पोस्टमार्टम गरिएको हो । शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images