images
images
  • विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा शिक्षकहरूको प्रदर्शन

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।

    शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौँका विभिन्न स्थानबाट निस्किएको र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हो । उनीहरूले अधिकार र कर्तव्यको लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेसालाई सम्मान गर, शिक्षक महासंघ जिन्दाबाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लगायतका प्लेकार्ड र नारा बोकेर अनिश्चितकालीन प्रदर्शन गरेका हुन् ।

    यस आन्दोलनलाई उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दोलनका रूपमा औँल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images