images
images
  • तीनकुने घटनाबारे गृहमन्त्री लेखकले संसदीय समितिमा जवाफ दिने

    राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको गत चैत १५ गतेको प्रदर्शनको क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनाबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।

    बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनको क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए । राजावादी समूहको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रबारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले बताए ।

    नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घट्नामा सरकारको गम्भीर त्रुटि रहेको भन्दै गृहमन्त्री आएर जवाफ दिनुपर्ने बताए । प्रदर्शनलाई नियन्त्रण गर्नसक्ने स्थिति हुँदाहुँदै सरकारले सही कदम चाल्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको उनको ठहर छ ।

    उनले भने, ‘जहाँसम्म १५ गतेको घटना हो सरकारले ठिक गरेन नि त । आफ्नै प्रहरीले घेरा हालेको बेला चाहिँ समात्न नसक्ने । अनि अहिले आएर छिटोभन्दा छिटो सरकारले समात्छ भन्ने ? कसले पत्याउँछ यस्तो कुरो ? यसका लागि माननीय गृहमन्त्रीज्यूलाई बोलाउनुपर्छ र जवाफ माग्नुपर्छ ।’

    उनले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई समेत सरकारले नै भगाएको आशयको अभिव्यक्ति दिए । प्रहरीले घेरा हालेको बेला किन नसमाएको भन्दै प्रश्न समेत गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images