images
images
  • पूर्वराजा शाहमा संवेदनशीलता देखिएन : महामन्त्री शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उहाँको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ । पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन रु भन्दै उनले प्रश्न समेत गरे । उनले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भएपनि गणतन्त्रले महिला राष्ट्रपति बनाएको उल्लेख गरे ।

    महामन्त्री शर्माले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिहरूलाई सुधार गर्दै जानुपर्ने बताए । उनले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलहरूमा दलको नेतृत्व परिवर्तन हुने दाबी गरे ।

    उनले भने, ‘फागुन ७ मा अपिल गर्नु भएका पूर्वराजाको तीनकुने घटनामा कुनै संलग्नता देखिँदैन ? छैन र ? उहाँलाई दुख्नु पर्दैन र ? उहाँको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन ? राज्यको सम्पत्ति तोडफोड हुँदा गम्भीर गल्ती भएको महसुस भएको छ भनेर बोल्नु पर्दैन र ? संवेदनशीलता नै देखिएन नि ।’

    तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा महामन्त्री शर्माको जोड छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images