images
images
  • ८ करोड फिरौती माग गर्ने भगौडा सैनिक पक्राउ

    कोहलपुरमा ४१ वर्षीय नेपाली युवा रामबहादुर बिसी (बुढा क्षेत्री)लाई भारतीय ग्याङ स्टार लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिएर पाँच करोड भारु (८ करोड नेपाली रुपैयाँ) फिरौती माग गरेको आरोपमा पक्राउ गरिएको छ ।

    उनले ह्वाट्स एपमार्फत धम्क्याउने कार्य गरेको पाइएको छ । बिसी पूर्वमा आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।   उनलाई विभिन्न मुद्दाहरूमा पक्राउ गरिएको इतिहास छ ।

    उनले माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई गोली हानेका थिए र नेपाल आर्मीको भगौडा रहेका छन् । विश्नोई समूह भारतीय ग्याङ्स्टार हो,  जो फिरौती र हत्याका विभिन्न घटनामा संलग्न रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images