नेपाल प्रहरीले राजावादी प्रदर्शनका अगुवा दुर्गा प्रसाईंको खोजीका लागि नयाँ रणनीति अपनाएको छ ।
प्रहरीले राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, धवलसमशेर राणा र भद्रप्रसाद नेपाललाई पक्राउ गरे पनि प्रसाईं अझै फरार छन् । उनलाई खोज्न विशेष ब्युरोको कमाण्डबाट काम सुरु गरिएको छ ।
प्रहरी स्रोतका अनुसार प्रसाईं नेपालभित्रै हुनसक्छ, र भारत जाने हल्ला मात्र फैलाइएको हुनसक्छ । सिआइबी र अपराध अनुसन्धान कार्यालयको टोलीले पनि उनलाई खोजी गरेको थियो, तर अहिले विशेष व्युरो सक्रिय छ।
सीसीटीभी फुटेज र इलेक्ट्रोनिक उपकरणका आधारमा अनुसन्धान भइरहेको छ । विशेष ब्युरोको नेतृत्व डीआईजी सिद्धिविक्रम शाहले गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्























