images
images
  • नेपाली क्रिकेट टिमका नयाँ प्रशिक्षक नेपाल आइपुग्न केही दिन लाग्ने 

    नेपाली क्रिकेट टिमका नयाँ अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुग्न केही दिन लाग्ने भएको छ । उनी ९ अप्रिलदेखि हङकङमा हुने चार देश शृङ्खलामा सहभागी हुने छैनन् ।

    क्यानका म्यानेजर विनोद दासका अनुसार प्रशिक्षकलाई नेपाल ल्याउनका लागि श्रम स्वीकृति र खेलकुद परिषदबाट क्लियरेंस प्रक्रियामा छन् । उनले अप्रिलको दोस्रो साता नेपाल आउन सक्ने सम्भावना व्यक्त गरेका छन् ।

    ल ५६ वर्षका अष्ट्रेलियाली पूर्वराष्ट्रिय खेलाडी हुन् र क्यानको कार्यसमितिले उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । ७० जना विदेशी प्रशिक्षकका बीच उनले अन्तरवार्तामा सफलता प्राप्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images