images
images
  • भूकम्पपीडितलाई राहत लिएर सेनाको टोली म्यानमार प्रस्थान

    म्यानमारका भूकम्पपीडितलाई राहत लिएर नेपाली सेनाको  टोली म्यानमार प्रस्थान गरेको छ । हालै गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि सरकारको निर्णयबमोजिम सेनाको टोली मेडिकल राहतसहित आज म्यानमार प्रस्थान गरेको हो ।

    प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ जनाको टोली सेनाको सीएन-२३५ सीएएसए विमानमार्फत म्यानमार गएको नेपाली सेनाले जनाएको छ ।

    विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images