प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच ‘साइडलाइन’ वार्ता हुने भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच सोही समयमा साइड लाइन वार्ता हुने भएको हो ।
सो सम्मेलन उद्घाटन पछि शुक्रबार ‘साइड लाइन’ वार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
पछिल्लो समयमा नेपाल र भारतबिच सबन्ध राम्रो नभइरहेको भनिरहेको बेला यो द्विपक्षीय भेटवार्ता हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्






















