images
images
  • प्रदूषित शहरको सूचीमा आज काठमाडौं दोस्रो नम्बरमा

    काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार पनि अत्यधिक वायू प्रदूषणको प्रभाव यथावत् छ।

    आइतबारदेखि विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौं बुधबार भने दोस्रो स्थानमा परेको छ।

    बुधबार भारतको नयाँदिल्ली विश्वकै प्रदुषित सूचिको पहिलो नम्बरमापरेको छ। त्यहाँको वायु गुणस्तर एक्युआइ २९४ मापन भएको छ। काठमाडौं दोस्रो सूचीमा रहे पनि प्रदूषणको मात्रा भने मंगलबारको तुलनामा थप बढेको छ।

    स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यू एअरका अनुसार हिजो काठमाडौंको वायु गुणस्तर २४८ एक्युआई रहेकामा आज बिहान २४९ मापन भएको छ।

    २०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ । बिहानको समयमा वातावरण अत्यन्त अस्वस्थकर भएकाले मर्निङवाकमा ननिस्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञहरुले सुझाएका छन्। अत्यधिक वायू प्रदूषणको प्रभावले काठमाडौंको मौसम केही दिनदेखि धुम्मिएको छ। वर्षा नभइञ्जेलसम्म प्रदूषण हट्ने अवस्था छैन। तर तत्काल वर्षाको पनि सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images